
एजेन्सी– भारतको उत्तर प्रदेशमा बाँदरहरूले ३५ लाख भारु मुल्य बाबरको चिनी खाएर सकेका छन् । राज्यको अलीगढ सहरमा रहेको साथा चिनी मिलमा १ हजार १०० क्विन्टल चिनी घोटाला भएको बारेला सार्वजनिक भएको थियो । करिब ३५ लाख भारु मूल्य पर्ने सो परिमाणको चिनी बाँदरले खाएको सकेको बताइएको छ ।
सो चिनी मिल २६ महिनादेखि बन्द रहेको थियो । यो मामिलामा जाँच रिपोर्ट आएपछि गोदाम किपरसहित दुई जनामाथि मुद्दा दर्ता भएको छ । ३० दिनमा करिब ३५ लाख मूल्य पर्ने चिनी बाँदरले खाएको भनेर चिनी मिलले रिपोर्ट सार्वजनिक गरेको छ । मिलको बही खाताको अडिट रिपोर्टले यो घटना बाहिर ल्याएको हो ।
यस घटनामा चिनी मिलका प्रबन्धक, लेखा अधिकारीसहित ६ जना दोषी पाइएको छ । जाँचपछि यस मामिलामा गोदामका मुख्य किपरसमेत २ जनामाथि जवां थानामा उजुरी दायर गरिएको छ ।
सो चिनी मिलको गोदाम घरको शटर फुटेको थियो । गोदाम घरको छतबाट पनि पानी चुहिन्थ्यो । बाँदरहरूले चोरेर खाँदा र छतबाट पानी चुहिएर चिनी पग्लिँदा ५२८ क्लिन्टलसम्म चिनी घटेको चिनी मिलका स्टोर किपरले जनाएको छ । तर अडिट रिपोर्टमा १ हजार १०० क्विन्टल चिनी कम देखाइएको छ ।
यी चिनी सबै बाँदरले खाएको भनेर उल्लेख गरिएको छ । चिनी मिल रहेको ठाउँमा बाँदरको आतंक अति नै हुने गरेको बताइएको छ । सन् २०२० यता सो चिनी मिलमा चिनीको उत्पादन ठप्प रहेको मिलका सुरक्षा गार्ड र अन्य कर्मचारीले बताएका छन् । तर यति ठुलो परिमाणमा चिनी बाँदरले खान नसक्ने उनीहरूको दाबी छ ।