झापामा एकै परिवारका तीन जना मृत अवस्थामा फेला

काठमाण्डु टुडे २०८१ असार १ गते १६:०८ मा प्रकाशित

काठमाण्डु, १ असार– झापाको शिवसताक्षी नगरपालिका–३, भोटेपुल टोलमा एकै परिवारका तीन जना मृत अवस्थामा भेटिएका छन ।

सुजन बेस्राकी श्रीमती २५ वर्षीया अन्जली बेस्रा, छोराहरु ८ वर्षीय विशाल बेस्रा र २ वर्षीय आयुश बेस्रा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी कृष्ण चन्दले जानकारी दिएका छन । शुक्रबार छिमेकी घरका एक जना बच्चा खेल्न जाँदा बत्ती बलिरहेको र कोही झुण्डिएको जस्तो देखेपछि अरुलाई खबर गरेका थिए ।

त्यसक्रममा गएर स्थानीयवासी गएर हेर्दा अञ्जली झुण्डिएको अवस्थामा भेटिएकी स्थानीयहरुले जानकारी दिएका छन । नजिकै दुई छोरा विशाल र आयुश पनि मृत अवस्थामा फेला परेको डीएसपी चन्दले जानकारी दिएका छन ।

उनका अनुसार, घटनास्थलमा मेची अस्पताल, भद्रपुरबाट विशेषज्ञ चिकित्सकको टोली पनि खटाइएको थियो । प्रारम्भिक जाँचमा दुई बच्चाको ‘विष’का कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । यद्यपि पोष्टमार्टम जाँचपछि नै यसको पुष्टि हुने उनले जानकारी दिएका छन ।

फिंज निकालिरहेको अवस्थामा दुई जनाको शव भेटिएको थियो भने नजिकै विषको बट्टाको विर्को पनि प्रहरीले फेला पारेको डीएसपी चन्दले जानकारी दिएका छन ।

उनले भने, तीनै जनाको शवलाई पोष्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ’   ‘थप अनुसन्धान गरिरहेका छौं ।’

अञ्जलीका श्रीमान् सुजन भने वैदेशिक रोजगारीका लागि कतारमा छन् । अञ्जली उनकी दोस्रो श्रीमती हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us