पोखराको मित्र मिलन सहकारी ठगी प्रकरणमा २ जना पक्राउ

काठमाण्डु टुडे २०८१ जेठ २७ गते १८:२८ मा प्रकाशित

काठमाण्डु, २७ जेठ– प्रहरीले पोखराको मित्र मिलन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा दुई जना लाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२१ कृस्तीका ३० वर्षीय भरत भट्टराई र सोही ठाउँका २८ वर्षीय सुवास अधिकारी रहेका छन ।

भट्टराई उक्त सहकारीका पूर्वअध्यक्ष हुन् भने अधिकारी सहकारीका गैह्र सदस्य रहेको पाइएको प्रहरीले जानकारी दिएको छ ।

वडा प्रहरी कार्यालय गगनगौडले शुक्रबार उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई आइतबार अदालत पेश गरिएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us