एमाले व्यक्ति पूजामा छ, माओवादीको उमेर पुगेको छैन: महासचिव भुसाल

काठमाण्डु टुडे २०८१ जेठ २७ गते १७:१८ मा प्रकाशित

काठमाण्डु, २७ जेठ– पूर्व मन्त्री एवं नेकपा एकीकृत समाजवादी का महासचिव घनश्याम भुषालले एमाले र नेकपा माओवादी केन्द्रले नेपालमा समाजवाद ल्याउन नसक्ने दाबी गरेका छन ।

आज (आइतबार) काठमाण्डुमा आयोजित नेपालमा समाजवादी क्रान्ति विषयक अन्तरक्रियामा बोल्दै महासचिव भुषालले यस्तो बताएका हुन ।

उनले एमाले समाजवादी क्रान्ति ल्याउन बनेको पार्टी नभएको दाबी गरेका छन । एमाले व्यक्ति पूजामा अझै केही समय अल्झिरहने उनले आरोप लगाएका छन ।

उनले भने, ‘यो सारा क्रान्ति एमालेले गर्दैन किनभने त्यो नगर्नका लागि बनेको पार्टी हो, त्यो एक हिसावले व्यक्ति पूजा। आगामी दिनमा व्यक्ति पूजाको अझै ठूलो प्रयत्न गर्नेछ, ‘यसका विरुद्धमा प्रयत्न हुनेछ र यही वरपर लाग्नेछ।’

यस्तै माओवादी केन्द्रको समाजवादी क्रान्ति ल्याउने उमेर नपुगेको र बुझ्न अझै धेरै समय लाग्ने उनले बताएका छन । उनले भने, ‘माओवादीले यो कुरा बुझ्न अझै धेरै समय लाग्छ ।

उसको त्यो हिसाबले सिद्धान्त बुझ्ने उमेर भएको छैन,’ उनले भने, ‘माओवादीको उमेर पुगेको छैन । उसले धेरै समय लगाउँछ। हाम्रो यो सानो पार्टी नेकपा (एकीकृत समाजवादी) का काँधमा ठूलो र गम्भीर जिम्मेवारी छ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us