टिकापुरको जग्गा ५० हजार रुपैयाँमा किनेको हुँ: आरजु देउवा

काठमाण्डु टुडे २०८१ जेठ ८ गते १८:४६ मा प्रकाशित

काठमाण्डु,८ जेठ– कांग्रेसकी सांसद डा. आरजु राणा देउवाले टिकापुरको जग्गा आफूले ५० हजार रुपैयाँमा किनेको दाबी गरेकी छन ।

आज (मंगलबार) बसेको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएकी हुन । उनले टिकापुरको जग्गा आफूले २०५३ सालमा ५० हजार रुपैयाँमा किनेको बताएकी हुन् ।

सांसद राणाले आफूले ०५३ सालमा जग्गा किनेको भएपनि २०६८ सालपछि त्यहाँ जग्गा घोटाला भएको पनि बताएकी छन । उनले पत्रकारहरूलाई टिकापुरको जग्गा आफैँ गएर हेर्न र कागजात खोलेर हेर्न पनि आग्रह समेत गरेकी छन ।

सांसद राणाले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने पनि बताएकी छन । उनले प्रजातन्त्रमा गृहमन्त्रीमाथि छानबिन गर्न समिति बन्ने भन्दै अहिलेको शासन व्यवस्था हुकुमी शासन नभएको बताइन् ।

सांसद राणाले कांग्रेसले जहिल्यैपनि जनताको बचाउ गर्दै आएको भन्दै आगामी दिनमा पनि जनताको बचाउ गर्ने पनि बतातएकी छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us