काठमाण्डुको थलीमा मृत भेटिएका व्यक्तिकी छोरी बबरमहलबाट पक्राउ

काठमाण्डु टुडे २०८१ जेठ ८ गते १२:३१ मा प्रकाशित

काठमाण्डु,८ जेठ– प्रहरीले काठमाण्डुको थलीमा मृत फेला परेका व्यक्तिकी छोरीलाई नियन्त्रणमा लिएको छ । उनकी छोरीलाई  प्रहरीले काठमाण्डुको बबरमहलबाट नियन्त्रणमा लिएको हो ।

घाँटीमा धारिलो हतियारले काटेको र अनुहार कालो कपडाले छोपेको अवस्थामा भक्तपुर नगरपालिका–७, छालिङ ठेगाना भएका कृष्ण नगरकोटी आज बिहान थलीको उकालोमा मृत फेला परेका थिए ।

कृष्ण ट्याक्सी चालक भएको खुलेको प्रहरीले जानकारी दिएको छ । नगरकोटीका छोरा भने काठमाण्डुको फर्पिङमा घाइते अवस्थामा फेला परेका छन् ।

उनलाई नियन्त्रणमा लिएर प्रहरीले टेकुमा ल्याएको छ । घटना शंकास्पद रहेको र अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us