उपेन्द्रले सरकार ढाल्न खोजेपछि हामीले पार्टी फुटायौंः साह

काठमाण्डु टुडे २०८१ वैशाख २३ गते १८:१४ मा प्रकाशित

काठमाडु, २३ वैशाख– जसपा नेता एवं वन तथा वातावरणमन्त्री नवलकिशोर साहले अशोक राई नेतृत्वमा नवगठित दल सत्ता गठबन्धनमै रहने बताएका छन् ।

जसपा अध्यक्ष एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले वर्तमान सत्ता गठबन्धन ढाल्न प्रयास गरेपछि आफूहरुले दल विभाजन गरेको बताए । सरकारको स्थायित्वका लागि आफूहरुले यो कदम चालेको उननको भनाइ थियो ।

साह राईसँगै नयाँ दलको मान्यता पाउन माग गर्दै आइतबार निर्वाचन आयोग पुगेका थिए । ‘उपेन्द्र यादवजी यो सरकार ढाल्ने खेलमा लाग्नुभयो’, यादवले भने, ‘हामीले सरकारको स्थायित्वका लागि यो कदम चाल्यौं ।’

उनले परिवर्तित परिस्थितिमा सरकारलाई दिएको समर्थन कायमै रहने स्पष्ट गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us