उपेन्द्र यादव नेतृत्वको जसपा फुट्यो

काठमाण्डु टुडे २०८१ वैशाख २३ गते १८:०४ मा प्रकाशित

काठमाडु, २३ वैशाख– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) विभाजित भएको छ ।

अशोक राई नेतृत्वमा जसपा विभाजित भएको हो । विभाजित समूहले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि निवेदन दिएको छ ।

राईनिकट सांसद प्रदीप यादवले जनता समाजवादी पार्टीको नाममा नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएको जानकारी दिए । उनले आफूहरुको पक्षमा ७ सांसदको समर्थन रहेको बताए । प्रतिनिधि सभामा जसपाका १२ जना सांसद छन् ।

सो समूहका राईसहित प्रदीप यादव, नवलकिशोर साह, वीरेन्द्र महतो, रञ्जु ठाकुर, हसिना खान र सुशीला श्रेष्ठ छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us