पूर्वराष्ट्रपति भण्डारीलाई कम्युनिष्ट पार्टी फुटेकामा चिन्ता

काठमाण्डु टुडे २०८१ वैशाख १० गते १७:३० मा प्रकाशित

काठमाण्डु, १० वैशाख– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका कम्युनिस्ट पार्टीहरु पटकपटक विभाजन हुनुको कारणका बारेमा समीक्षा गरी ठोस निष्कर्ष निकाल्नुपर्ने बताएकी छन् । सोमबार एमालेले आयोजना गरेको नेपाल कम्युनिस्ट पार्टी स्थापनाको हिरक महोत्सव समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।

उनले कम्युनिस्ट आन्दोलनको हिरक जयन्ती मनाउँदै गर्दा समग्र आन्दोलनको गहन समीक्षा गर्नुपर्ने बताइन् । नेपाली कम्युनिस्ट आन्दोलनको पटक–पटक टुटफुट र विभाजन भएको भन्दै सिद्धान्त, विचार र राजनीतिक कारणले भएको हो व्ँ पदइि आकांक्षा, अवसरवाद र भड्काव हावी भएको हो भन्नेबारे समीक्षा हुनुपर्ने बताइन् ।

कम्युनिस्ट आन्दोलनको विभाजनको सन्दर्भमा ठोस निष्कर्ष निकाल्न नसक्दा भविष्यमा थप सफलता हासिल गर्न नसकिने उनको भनाइ छ । सबै राजनीतिक दलहरुले लिएको नीति र आदर्शमा विचलित आएको छ कि भनेर बेलाबेलामा समिक्षा गर्नुपर्ने भण्डारीले बताइन् । समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्नु अबको मुल गन्तव्य भएको उनको भनाइ थियो ।

‘नेपाली कम्युनिष्ट आन्दोलनले आफ्नो हिरक जयन्ती मनाइरहँदा यस आन्दोलनको गहन समीक्षा समेत गरिनुपर्दछ भन्ने मलाई लागेको छ’, उनले भनिन्, ‘सँगै स्थापना भएका अरु देशका कम्युनिस्ट पार्टीले के कति सफलता हासिल गरे र केकस्ता विफलता बेर्होर्नुप¥यो नेपाली कम्युनिस्ट आन्दोलनमा पटकपटक देखिने गरेको फुट र विभाजन र साँच्चै सिद्धान्त, विचार र राजनीतिक कारणले भएको हो कि पदिय आकांक्षा, अवसरवाद र भड्काव हाबी हुँदा भएको हो भन्नेजस्ता विषयमा समिक्षा गरी ठोस निष्कर्ष निकाल्न सकिएन भने भविष्यमा थप सफलता हासिल गर्न कठिनाई हुन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us