सत्ता गठबन्धनको भविष्यप्रति आशावादी छैनः माधव नेपाल

काठमाण्डु टुडे २०८१ वैशाख १० गते १०:३६ मा प्रकाशित

काठमाडौँ, १० वैशाख– सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनको भविष्यप्रति आशावादी नहरेको बताएका छन् ।
कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्मचार्यको तेस्रो वार्षिक केन्द्रीय सभालाई सोमबार ललितपुरको च्यासलमा सम्बोधन गर्दै नेपालले गठबन्धनको भविष्यमा प्रश्न उठाए ।

सत्ता गठबन्धन लामो समयसम्म जानेमा उनले आशंका व्यक्त गरे । ‘छोटो समयभित्र गठबन्धन ओल्टेकोल्टे गरेको छ’, उनल भने, ‘कति दिनसम्म यो गठबन्धन टिकिरहने हो भन्ने प्रश्न उठेको उठ्यै छ ।’

यद्यपि गठबन्धनको भविष्यसँग जोडएिर उठेको प्रश्नको जवाफ आफूसँग नहरेो उनले बताए । त्यसको जवाफ प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिने नेपालको भनाइ थियो । वर्तमान राजनीतिक परिस्थिति त्यति सहज नलागेको भन्दै उनले आफूहरु कसैको दास नभएको उल्लेख गरे ।

‘कसैका धाक, धम्की, कसैका गालीगलौज सुन्नका लागि हामी राजनीतिमा आएका होइनौं’, उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us