चोभरको डढेलो निभाउन गएको दमकल दुर्घटनाग्रस्त

काठमाण्डु टुडे २०८१ वैशाख ८ गते १७:५० मा प्रकाशित

काठमाण्डु, ७ वैशाख– आज शनिबार चोभारमा लागेको डढेलो निभाउन जाँदा जुद्ध वरुण यन्त्रको एक दमकल दुर्घटना ग्रस्त भएको छ ।

१२ बजेतिर चोभारको चापडाँडामा लागेको आगो निभाउन गएको १ बजेर १० मिनेटमा सो दमकल दुर्घटना भएको प्रहरलिे जानकारी दिएको छ । ७ जना सवार दमकल कर्मचारीमध्ये ६ जना घाइते भएका छन् भने १ जना सकुशल रहेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us