कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले दिए राजीनामा

काठमाण्डु टुडे २०८० चैत २१ गते १७:३८ मा प्रकाशित

काठमाण्डु, २१ चैत– कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो पद बाट राजीनामा दिएका छन । बुधबार बसेको प्रदेशसभा तेस्रो अधिवेशनको छैटौ बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामा दिएका हुन ।

संसद बैठकलाई सम्बोधन गरेर राजीनामा दिएका मुख्यमन्त्रीले प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र बुझाउने तयारी गरेका छन । मुख्यमन्त्री शर्माले यसअघि मंगलबार संसदबाट विश्वासको मत लिने तयारी गरेका थिए ।

तर, केन्द्रमा सत्तागठबन्धन दलहरूबीच भएको सहमतिअनुसार कर्णाली प्रदेश एमालेको भागमा परेपछि उनले विश्वासको मतको कार्यक्रम एक दिन पछि सारेका थिए ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनविपरीत विश्वासको मत लिने अडानमा रहेका मुख्यमन्त्री शर्माले अन्ततः राजीनामा दिएका हुन ।

मुख्यमन्त्री शर्माले राजीनामा दिने क्रममा प्रदेश सभालाई सम्बोधन गर्दै संघीयताको प्रयोग, सरकार सञ्चालन, सुशासनको अवस्थाबारे गम्भिर समीक्षा गर्नुपर्ने बताए । संघ र प्रदेशमा विकसित राजनीतिक अस्थिरताका कारण संसदीय अंक गणितको भद्दा प्रहसनमा रुमलिएको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us