
काठमाण्डु, २० चैत– उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूले संसदमा उठेका विषयमा जवाफ दिन पाउनुपर्ने बताएका छन । आज मंगलबार बसेको प्रतिनिधि सभाको बैठक पछि बैठकबाट बाहिरिने क्रममा गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन ।
उनले सहकारी अनियमिततामा संलग्न रहेको भन्दै संसदीय छानबिनको माग गरिरहेको कांग्रेसले संसद अवरुद्ध नगर्ने, तर गृहमन्त्रीलाई रोष्टममा जान नदिने रणनीति लिएको उनले बताएका छन ।
लामिछानेले भने, ‘विपत व्यवस्थापन लगायतका विषयमा पनि सांसदहरुले प्रश्न उठाएको बताए । उनले भने, ‘सदनमा उठेका कुरा सदनमा उभिएर बोल्न पाउनुपर्छ ।’
उनले अवसर पाएको बेला आफूमाथि उठेका विषयमा समेत जवाफ दिने बताएका छन । उनले संसदीय छानबिन समिति गठनका लागि किन तयार नभएको भन्ने प्रश्नमा उनले भने, ‘जसले आएर उजुरी थमाइदिन्छ, जसले आएर जाहेरी थमाइदिन्छ, कागज आउने वित्तिकै भएभरको सबै छानबिन गर्न सुरु गर्ने हो भने त्यस्तो सम्झौता गर्नु पर्यो नि त ।’
उनले भने, ‘जाहेरी भनेको त एउटा सूचना हो । सूचनाले प्रमाण पायो भने एउटा प्रक्रियामा जाने हो । सूचनाकै आधारमा संसदमा छानबिन गर्ने अभ्यास थाल्ने हो भने त्यसमा छलफल गरौंला ।’