
काठमाण्डु, १९ चैत– प्रहरीले प्युठानमा ६ जनाको ज्यान जाने गरी भएको जीप दुर्घटनाका चालक ७ वर्षपछि ललितपुरबाट नियन्त्रणमा लिएको छ ।
ललितपुरको महांकाल गाउँपालिका–३ घर भएका २७ वर्षीय सरोज घलेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ग्वार्कोबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका घलेलाई सवारी ज्यान मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता नकुल पोखरेलले जानकारी दिएका छन ।
११ चैत २०७३ मा प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गर्न जाँदा घलेले चलाएको बा ८ च १५६१ नम्बरको स्कर्पियो स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा दुर्घटना भएको थियो । दुर्घटनामा दिनेश ध्वज बस्नेत सहित ६ जनाको मृत्यु भएको थियो ।