
काठमाण्डु, १९ चैत– त्रिवि क्रिकेट मैदानमा जारी आयरल्यान्ड ‘ए’ विरुद्धको तेस्रो तथा अन्तिम टी–२० खेलमा सोमबार नेपाल ‘ए’ का ब्याट्सम्यान आरिफ शेखले अर्धशतक पुरा गरेका छन् ।
पाँचौँ नम्बरमा क्रिज समाल्न आएका आरिफ शेखले २९ बलमा तीन छक्का र तीन चौकाको मद्दतले अर्धशतक पुरा गरेका छन । आरिफ शेखलाई अविजित १२ रन बनाउँदै पवन सर्राफले साथ दिइरहेका छन् ।
आरिफ शेखले अर्धशतक पुरा गर्दा नेपालले १३.३ ओभरमा चार विकेट गुमाएर एक सय १५ रन बनाउन सफल भएको छ । नेपालले टस हारी पहिले ब्याटिङको निम्तो पाएको हो ।