सर्वोच्चद्वारा कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

काठमाण्डु टुडे २०८० चैत १६ गते १७:४४ मा प्रकाशित

काठमाण्डु, १६ चैत– सर्वोच्च अदालतले कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गरीदिएको छ । शुक्रबार सांसद गुरुङको निलम्बन फुकुवा गर्न आदेश दिएको हो ।

सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले गुरुङको निलम्बन फुकुवा गरेको स्रोतले जानकारी दिएको छ । गुरुङ गत वर्ष मङ्सिर ४ मा सम्पन्न आम निर्वाचनमा मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

विशेष अदालतमा सरकारी सम्पत्ति हिनामिना गरेको अभियोग मुद्दा किनारा नलागेसम्म गुरुङलाई निलम्बन गरिएको संसद् सचिवालयले जानकारी दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुरुङको पद निलम्बन गर्न संसद् सचिवालयलाई पत्राचार गरेको थियो । सोही आधारमा गत वर्ष पुस १२ गते संसद् सचिवालयले गुरुङ निलम्बन गरेको थियो।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा श्रम तथा रोजगार राज्यमन्त्री भएका उनले काठमाण्डुको फनपार्कको जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको अभियोग छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us