जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ

काठमाण्डु टुडे २०८० चैत १६ गते १३:०९ मा प्रकाशित

काठमाण्डु, १६ चैत– प्रहरीले तेह्रथुमबाट ४५ बर्सिया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याङलुङ नगरपालिका–१० सुसलिङ बस्ने २३ वर्षीय नरेश लिम्बु रहेको प्रहरीले जानकारी दिएको छ ।

लिम्बुलाई हिजो बिहीबार दिउँसो पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । लिम्बुले ती महिलालाई सोही ठाउँस्थित बारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us