बागमतीका मुख्यमन्त्री जम्कट्टेलले आगामी सोमबार विश्वासको मत लिने

काठमाण्डु टुडे २०८० चैत १६ गते १२:५९ मा प्रकाशित

काठमाण्डु, १६ चैत– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी १९ चैतमा विश्वासको मत लिने भएका छन् । शुक्रबार प्रदेश सभा सचिवालय हेटौँडामा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत सम्बन्धी प्रस्ताव दर्ता गराएका छन ।

केन्द्रमा सत्ता सत्ता समीकरणमा फेर बदल भएसँगै उनले हाम्रो नेपाली पार्टीलाई सहभागी गराएसँगै विश्वासको मत लिने तयारी गरेका हुन् ।

मुख्यमन्त्री जम्कट्टेलले १९ गते दिउँसो १ बजेका लागि समय माग गर्दै प्रस्ताव पेस गरेका हुन् । उनको प्रस्तावलाई प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले समय निर्धारण गरी अघि बढाउने छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us