एमाले कास्कीको अध्यक्षमा अधिकारी निर्वाचित

काठमाण्डु टुडे २०८० चैत १४ गते १८:२४ मा प्रकाशित

काठमाण्डु, १४ चैत– एमाले कास्कीको अध्यक्षमा बैनबहादुर अधिकारी निर्वाचित भएका छन । प्राप्त अन्तिम मत परिणाम अनुसार खगराज अधिकारीनिकट बैनबहादुरले पृथ्वीसुब्बा गुरुङनिकट माधव बास्तोलालाई २ सय ४ मतान्तरले परमजित गरेका हुन ।

बैनबहादुरले ५ सय ५१ मत पाएका छन् भने माधवले ३ सय ४७ मत प्रप्त गरेका थिए । ९ सय ३६ मतदातामध्ये ९ सय १५ मत खसेको थियो । अन्तिम परिणाम केही बेरमा सार्वजनिक हुने निर्वाचन समितिले जानकारी दिएका छन ।

अन्य पदाधिकारी र सदस्यहरूमा पनि बैनबहादुर अधिकारी कै प्यानलको वर्चस्व रहेको निर्वाचन समिति स्रोतले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us