गायक शंकर श्रेष्ठको स्वरमा रहेको गीत ‘प्रेम त’ सार्वजनिक

काठमाण्डु टुडे २०८० चैत १३ गते १८:२४ मा प्रकाशित

काठमाण्डु, १३ चैत– गायक शंकर श्रेष्ठको स्वरमा रहेको नयाँ गीत ‘प्रेम त’ सार्वजनिक गरिएको छ। प्रेमिल गीतमा शब्द रचना गायक शंकर श्रेष्ठकै रहेको छ भने संगीत देवराज न्यौपानेको रहेको छ। क्रिएटिभ आवर प्रोडक्सनले निर्माण गरेको भिडियोमा शंकर श्रेष्ठ,कुसुम शर्मा,सुजा पौडेल,दिलिप योङहाङ,हिमा थापा,धन प्रसाद श्रेष्ठ,कौशिला श्रेष्ठ,स्मृति श्रेष्ठको अभिनय रहेको छ।

नगेन्द्र नेपालको निर्देशनमा बनेको भिडियोको छायांकन खगेन्द्र पन्धक लिम्बुले गरेका हुन् भने सम्पादन रोशन श्रेष्ठले र कलर दिन्सन शाहले गरेका छन्। योगेश कोइरालाले भिडियोमा सह निर्देशनको कार्य गरेका छन्। निर्देशक नेपालले भिडियोमा राम्रो कथा बुनेका छन्। गीत अनुसार भिडियो बनेकोले दर्शक श्रोताले रुचाउनेमा ढुक्क रहेको शंकर श्रेष्ठले बताए। भिडियो क्रिएटिभ आवर प्रोडक्सनको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us