सुमिना लो को स्वरमा ’उठनु पर्छ जुटनु पर्छ ’ सार्वजनिक

काठमाण्डु टुडे २०८० चैत १३ गते १८:०६ मा प्रकाशित

 काठमाण्डु, १३ चैत– तामाङ सेलोमा निकै रुचाइएकी गायिका सुमिना लो को स्वरमा रहेको ’उठनु पर्छ जुटनु पर्छ ’ गीतको अडियो सार्वजनिक भएको छ । साहित्य एवम् समाजसेवामा सक्रिय गीतकार दिलीप योञ्जन तामाङको शब्द तथा राजेश थापाको संगीतमा गीत तयार गरिएको छ ।

तामाङ समुदायको कला सस्कृतिको जर्गेना एवम् संरक्षण गर्दै जागरण ल्याएर समाजमा परिर्वतन गर्नुपर्ने विषयबस्तुलाई गीतमा चित्रण गरिएको छ ।

समुदायका हरेक व्याक्तिहरुलाई शौक्षिक चेतना दिएर समाजमा उनीहरुको आवाजलाई सशक्त रुपमा अगाडि बढाउनु पर्ने गीतकार योञ्जनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us