गायिका जेनिशा गौत्तमको स्वरमा’गाजल ’ सार्वजनिक

काठमाण्डु टुडे २०८० चैत १२ गते १८:१६ मा प्रकाशित

काठमाण्डु, १२ चैत– गायिका जेनिशा गौत्तमको स्वरमा रहेको ’गाजल ’ गीतको भिडियो सार्वजनिक भएको छ । जेनिसा गौत्तम र डि पी खनालको शब्द तथा सुवास भुषालको संगीतमा उदय राज पौडेलको एरेन्ज रहेको गीत सार्वजनिक भएको हो ।

आफनो मायालुलाई भेटनको लागी आफनो पहिरन विग्रिएको कुरा लाई गीतमा समावेश गरिएको छ । गीतलाई निकै आकर्षक ढंगबाट प्रस्तुत गरिएको छ । गीतमा समलिंगी प्रेमलाई चित्रण गरिएको छ ।

उमेश बहादुर शाहको छायाँकन , टेकेन्द्र शाहको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ ।गीतको भिडियोमा प्रियना आचार्य र आभा थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us