चन्द्रमामा बुलेट रेल चलाउने तयारीमा जापान

काठमाण्डु टुडे २०८० चैत १२ गते १५:३३ मा प्रकाशित

एजेन्सी– जब पहिलोपटक मानिसले चन्द्रमामा पाइला टेकेको थियो त्यसलाई मानव इतिहासको एउटा ठूलो सफलताको रुपमा लियएको थियो । आज भन्दा ५० वर्ष अधिनै मानिसले चन्द्रमामा मानव पाइला टोक्न सफल भएको थियो र अहिले विश्वका विभिन्न देशहरु चन्द्रमामा मानववस्ती बसाल्ने योजना बुनिरहेका छन् ।

चन्द्रमा पहिलो सन १९६९ जुलाई २० मा अमेरिकी अन्तरिक्ष यात्री निल आर्मस्ट्रङ हुन । सायद निकट भविष्यमा त्यस्तो दिन पनि आउनेछ जब चन्द्रमामा मानव बस्तीको स्थापना गरिनेछ र त्यहाँ मानिसहरु बस्न थाल्नेछन् ।

वैज्ञानिकहरु यसको योजना निर्माणमा जुटिरहेका छन् र यसैबीचमा जापानी वैज्ञानिकहरुले चन्द्रमामा बुलेट रेल चलाउने तयारी सुरु गरेका छन ।

जापानको क्योटो विश्वविद्यालयका शोधकर्ताहरुले सन् २०२२ मै काजिमा कन्स्ट्रक्सनसँग मिलेर पृथ्वीलाई चन्द्रमा र मंगल ग्रहसम्म जोड्ने रेलको निर्माण गर्ने योजनामा काम गरिरहेका समाचारहरु आईरहेका छन । योसँगै पृथ्वीभन्दा बाहिर मानिसहरुलाई बसाउनका लागि एउटा कृत्रिम आवास बनाउने योजना पनि रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us