लिलाराज काम्बाङको म्युजीकल फिल्म ‘छुट्ने बेला’ बिमोचन

काठमाण्डु टुडे २०८० चैत ११ गते १४:४५ मा प्रकाशित

काठमाण्डु, ११ चैत– गीतकार लिलाराज काम्बाङको म्युजीकल फिल्म ‘छुट्ने बेला’ बिमोचन गरिएको छ । शनिबार काठमाण्डुको क्युज सिनेमा हलमा एक कार्यक्रमका बिच २८ मिनेट लामो उक्त म्युजीकल फिल्म प्रिमियर गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गायक तथा संगीतकार दिप श्रेष्ठसँगै बिशिष्ट अतिथि लोकप्रिय गायिका अन्जु पन्त, गायक शिव परियारलगायतका अतिथिहरुबाट सामुहिक बिमोचन गरिएको थियो ।

सार्वजनिक म्युजीकल फिल्म छुट्ने बेला गीतमा साइराज खाती र मुना ठटालको स्वर रहेको छ । खाती र ठटाल गायन रियालिटी शो मेरो भ्वाइस युनिभर्सका फाइनलिस्ट हुन् । युके बस्दै आएका गीतकार काम्बाङको शब्दसँगै गीतमा शंकर थापा स्माइलको संगीत रहेको छ । एरेन्ज भने कुशल सिंहले गरेका हुन् । गीतकार काम्बाङले कार्यक्रममा भिडिओ सन्देश पठाउँदै सबैलाई धन्यवाद दिएका थिए ।

उनले परदेशमा रहेर आफूले लेखेका गीतलाई अडियो र भिडिओको माध्यमबाट दर्शक तथा स्रोता माझ ल्याउन मद्धत पुर्याउने गीतको टिमलाई बिशेष धन्यवाद दिए ।

प्रमुख अतिथि श्रेष्ठले मेरो भ्वाइस युनिभर्समा पहिलेनै सबैको मन जितिसकेका खाती र ठटालको स्वरबद्ध गीतलाई म्युजीकल फिल्मको रुपमा हेर्न पाउँदा खुसी लागेको र गीतलाई सबैले मन पराउने भन्दै शुभकामना दिए ।

मेरो भ्वाइस युनिभर्समको दिप, अन्जु र शिव जज् समेत थिए । कार्यक्रममा उक्त शोका निर्देशक एलेन श्रेष्ठको पनि उपस्थिती थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us