साइबर आक्रमणले डाउन भएको थियो फेसबुक, इन्स्टा र थ्रेड ?

काठमाण्डु टुडे २०८० फागुन २३ गते १८:०६ मा प्रकाशित

एजेन्सी– गए राति करिब दूई घण्टासम्म सामाजिक सञ्जालहरू इन्स्टाग्राम, फेसबुक र थ्रेड कुनै पनि खुलेनन् । ह्वाट्स एप बाहेकका सबै सामाजिक सञ्जालमा एकै चोटी किन समस्या आयो भन्ने कारण अहिलेसम्म खुलेको छैन् ।

मेटा स्वयम्ले पनि अहिलेसम्म यसको कुनै ठोस कारण बताएको छैन । आउटेजको समयमा एकाउन्टहरु आफैं लग आउट भइरहेका थिए । प्रयोगकर्ताहरूको टाइमलाइन रिफ्रेश भइरहेको थिएन ।

यो समस्या देखिएपछि एक्सका मालिक एलन मस्कले त तपाईँले यो पोष्ट देखिरहनु भएको छ भने हाम्रो सेवाहरु ठिक छ र हाम्रो सर्भरले राम्रोसँग काम गरिरहेको छ भन्दै मेटालाई गिज्याएका थिए ।

साइबर आक्रमणका कारण मेटाका सेवाहरुमा समस्या आएको खुलेको छ । यो आउटेज केहि दिन अघि अमेरिकामा भएको साइबर आक्रमणको एक हिस्सा पनि हुन सक्ने धेरै विज्ञहरूले दाबी गरेका छन् ।

मंगलबार साँझ नेपालमा फेसबुक, इन्स्टाग्राम, फेसबुक मेसेन्जर र थ्रेडहरू डाउन भइरहेको बेलामा अमेरिकामा अन्य धेरै कम्पनीका सेवा पनि ठप्प भएका थिए । यसको पछाडि साइबर आक्रमणको आशंका गरिएको छ ।

त्यति बेला अमेरिकामा गुगल, युट्युब, हनीवेल, ह्वाट्स एप, गुगल प्ले स्टोर, ओ२, माइक्रोसफ्ट टिम्स र एक्सको सेवाहरु पनि ठप्प भएको डाउन डिटेक्रले बताएको थियो । एक्सका एक युजरले पनि यस्तो दाबी गरेका थिए । हालै मात्र अमेरिकाको स्वास्थ्य सेवा प्रणालीमा साइबर आक्रमण भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us