
काठमाण्डु, २० फागुन– एमालले राष्ट्रियसभामा दलको प्रमुख सचेतकमा भगवती न्यौपानेलाई मनोनयन गरेको छ । आज आईतबार एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले उनलाई राष्ट्रियसभाका प्रमुख सचेतकमा मनोनयन गरेका हुन् ।
एमालेको संसदीय दलको विधान–२०७७ बमोजिम भोलि फागुन २१ गतेदेखि लागू हुनेगरी प्रमुख सचेतकमा आफूलाई पार्टी अध्यक्ष ओलीले मनोनयन गरेको उनले जानकारी दिइएका छन ।
राष्ट्रियसभामा पार्टीका तर्फबाट प्रमुख सचेतक रहेका भैरवसुन्दर श्रेष्ठको कार्यकाल आज समाप्त भएकाले सांसद न्यौपानेलाई मनोनयन गरिएको हो ।