कुनै पनि बेला गठबन्धन टुट्न सक्छ: उपाध्यक्ष पौडेल

काठमाण्डु टुडे २०८० फागुन २० गते १७:३५ मा प्रकाशित

काठमाण्डु, २० फागुन– पूर्व मन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सत्ता गठबन्धन आफैँ भित्रका समस्या र अन्तर्विरोधको भुमरीमा फसिरहेको भन्दै कुनै पनि बेला टुट्न सक्ने बताएका छन ।

आज (आइतबार) धनुषामा आयोजित महिला राष्ट्रिय हक्की प्रतियोगिताको समापन समारोहमा सहभागी हुन पुगेका उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन ।

उनले सत्ता गठबन्धन आफ्नै अन्तर्विरोधका कारण जुनसुकै बेला टुट्न र फुट्न सक्ने दाबी गरेका छन । उनले भने, ‘गठबन्धन भित्रको तमासा आफूहरूले हेरिरहेको छै, ‘यो गठबन्धन आफैँ भित्रका समस्या र अन्तर्विरोधहरूले चर्मराइरहेको छ,कुनै पनि बेला यो टुट्न सक्छ ,फुट्न सक्छ ।’

तर,उनले गठबन्धन फुटाउन एमालेले चासो नदिएको जिकिर गरे । सत्ता गठबन्धन फुटिहाले एमालेले काँध थाप्छ कि थाप्दैन भन्ने सञ्चारकर्मीको प्रश्नमा पौडेलले भने, ‘के को काँध थाप्नु ? काँध थाप्ने÷नथाप्ने प्रश्नै होइन नि ।

पहिले गठबन्धन कुन रूपमा अगाडि बढ्छ हेरौँ न,’ । पौडेलले देशको विकासको बाधक नै अहिले गठबन्धन बनेको टिप्पणी गरे । ‘यो देशको अग्रगति र प्रगतिको लागि यो गठबन्धन प्रमुख बाधक बनेर उभिएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us