सरकारलाई सभामुखको रुलिङ: २१ गते संसदमा उपस्थित भएर जवाफ दिनू

काठमाण्डु टुडे २०८० फागुन १८ गते १३:२७ मा प्रकाशित

काठमाण्डु, १८ फागुन– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदमा प्रतिपक्षी दलहरुले उठाएका विषयमा २१ गतेको बैठकमा उपस्थित भएर जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् ।

विपक्षी दलहरुले ६ फागुनयता बालकुमारी घटना, मिटरब्याज र सहकारी पीडितको आन्दोलनलगायतका विषयमा सरकारको जवाफ माग्दै आएका छन् ।

१४ फागुनको बैठकमा सभामुखले आगामी बैठकमा जवाफ दिन रुलिङ गरेका थिए । तर, शुक्रबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अनुपस्थित भए ।

संसद् बैठकको सुरुमै एमाले सांसद सूर्य थापाले प्रधानमन्त्री खोजी गरिदिन माग गरे भने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि अब संसद चल्न नसक्ने बताएका छन ।

दुवै दलका सांसदहरु आ–आफ्नो स्थानमा उभिएपछि सभामुख घिमिरले मिति नै तोकेर २१ गतेको बैठकमा उपस्थित भएर जवाफ दिन रुलिङ गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us