२८ बलमा दीपेन्द्र सिंह ऐरीले बनाए अर्धशतक

काठमाण्डु टुडे २०८० फागुन १६ गते १४:५८ मा प्रकाशित

काठमाण्डु, १६ फागुन– त्रिकोणात्मक टी–२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा १८५ रनको लक्ष्य पछ्याएको नेपालका दीपेन्द्र सिंह ऐरीले अर्धशतक पूरा गरेका हुन ।

उनले २८ बलमा ५ चौका र २ छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन् । उनको अर्धशतकसँगै नेपालले १८.१ ओभरमा ६ विकेटको क्षतिमा १६१ रन बनाएको छ ।

नेपालको स्कोर १२६ रन हुँदा सोमपाल कामी छैटौं विकेटका रुपमा डक आउट भएका थिए । सन्दीप जोरा व्यक्तिगत ८ रनमा आउट भएका थिए । रोहित पौडेल अर्धशतक पूरा गर्दै आउट आएका थिए ।

कुशल मल्ल ११ र आशिफ शेख ३४ रनमा आउट भए कुशल भुर्तेल खाता नै नखोली पभेलियन फर्किएका थिए । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ्ग गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । नेदरल्याण्ड्सका लागि माइकल लेभिटले ५४ रन बनाउन सफल भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us