अर्धशतक बनाउँदै आउट भए कप्तान रोहित

काठमाण्डु टुडे २०८० फागुन १६ गते १४:३६ मा प्रकाशित

काठमाण्डु, १६ फागुन– त्रिवि क्रिकेट त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको बुधबार जारी नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाली टोलीका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन ।

उनले ३५ बलको सामना गरी दुई छक्का र ६ चौकाको मद्दतले अर्धशतक पुरा गरेको हुन । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनले बनाएको यो छैटौँ अर्धशतक हो । उनी अर्धशतक बनाएलगत्तै आउट भएका छन ।

एक सय ८५ रनको लक्ष्य पछ्याएको नेपालले १२ ओभरको खेल सकिँदासम्म चार विकेट गुमाएर एक सय रन बनाएका छन । नेपाललाई जितका लागि ४८ बलमा ८५ रन आवश्यक रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us