
काठमाण्डु, १६ फागुन– त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी–२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेल जित्न नेपालले १८५ रनको लक्ष्य पक्षाएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ्ग गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन बनाउन सफल भएको थियो ।
नेदरल्याण्ड्सका लागि माइकल लेभिटले अर्धशतक बनाएका थिए । उनी ५४ रनमा आउट भएका थिए । स्याब्रान्ड एंगेलब्रेक्ट अर्धशतक पूरा गर्नबाट १ रनले चुके ।
उनी ४९ रनमा नट आउट भएका थिए । स्कट एडवार्डस व्यक्तिगत ३३ रनमा आउट भएका थिए । पहिलो रन पूरा गरेरका स्कट एडवार्ड्सले दोस्रो रन पूरा गर्ने क्रममा जम्पका साथ उत्कृष्ट ड्राइभ गरके थिए ।
तर अम्पायर देवेन्द्र सुवेदीले रन आउटको संकेत गरे । दीपेन्द्रसिंह ऐरीको थ्रो बल विकेटकिपर आशिफ शेखले अघि बढेर रन आउट गरेका हुन् ।