
काठमाण्डु, १६ फागुन– त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी.–२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ । ८.६ ओभरमा कुशल मल्लले माइकल लेभिटलाई विकेट किपर आशिफ शेखको हातबाट स्टम्पिङ्ग गराएका हुन ।
आउट हुनुअघि उनले ५४ रन बनाए । उनले ५ चौका र ३ छक्का प्रहार गरेका थिए । उनी आउट हुँदा नेदरल्याण्ड्सले ७७ रन बनाउन सफल भएको छ ।
यसअघि करण केसीले म्याक्स ओडाउडलाई ४ रनमा दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच आउट गराएका थिए । त्रिवि क्रिकेट मैदानमा कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।