
काठमाण्डु, १५ फागुन– धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले नियम संशोधन गरेर भएपनि धरानमा विमानस्थल बनाउने बताएका छन ।
सुनसरीको धरान उपमहानगरपालिकामा विमानस्थल बनाउने गरी मेयर साम्पाङले जोडबल गरिरहेका बेला नेपाल नागरिक उड्डयन प्राधिकरणले राष्ट्रिय हवाई नीति, २०६३ लाई देखाउँदै प्राविधिक तथा व्यवहारिक रुपमा समेत सो स्थानमा विमानस्थल निर्माणको सम्भावना नरहेको बताएको छ ।
मेयर साम्पाङले आज मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नियम संशोधन गरेर भएपनि विमानस्थल बनाउने घोषणा गरेका हुन । उनले लेखेका छन्, ‘तेरो नियम संशोधन गरेर भएपनि विमान स्थल बनाउनेछौँ ! ज्यादा नखोक् !
संविधान त परिवर्तन हुन्छ भने त्यो नाथे तेरो नियमावली ? थु…’ संविधान संशोधन गर्न सकिने भन्दै उनले हवाई नीति पनि परिवर्तन गरेर धरानमा विमानस्थल बनाइ छाड्ने मेयर साम्पाङले घोषणा गरेका छन् ।