
काठमाण्डु, १५ फागुन– त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध २०७ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेको छ । नेपालले २० रन बनाउँदा २ विकेट गुमाएको छ ।
२.५ ओभरमा आशिफ शेख व्यक्तिगत ६ रनमा दोस्रो विकेटका रुपमा आउट भएका छन् । अर्का ओपनर कुशल भुर्तेल रोयल डक भएका थिए ।
टस जितेर पहिला ब्याटिङ गरेको नामिबियाले निकोल लोफ्टी इटनको विश्व कीर्तिमानी शतकसँगै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनाउन सफल भएको छ ।
लोफ्टी इटनले १०१ रन बनाए । त्यसक्रममा उनले ३३ बलमा शतक पूरा गर्दै नेपाली क्रिकेटर कुशल मल्लको कीर्तिमान तोडेका हुन । मल्लले एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ३४ बलमा शतक बनाएर सबभन्दा कम बलमा १०० रनको रेकर्ड बनाएका थिए ।