
काठमाण्डु, १५ फागुन– नामिबियाले त्रिकोणात्मक टी–२० सिरिजमा नेपाललाई २०७ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा मंगलबार भएको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनाउन सफल भएको थियो ।
लोफ्टी इटनले १०१ रन बनाएका थिए । नामिबियाका निकोल लोफ्टी–इटनले टी–२० आई क्रिकेटमा नेपालका कुशल मल्लको कीर्तिमान तोडेका छन ।