नामिबियाका लोफ्टीले तोडे कुशल मल्लको कीर्तिमान

काठमाण्डु टुडे २०८० फागुन १५ गते १३:१२ मा प्रकाशित

काठमाण्डु, १५ फागुन– नामिबियाका निकोल लोफ्टी–इटनले टी–२० आई क्रिकेटमा नेपालका कुशल मल्लको कीर्तिमान तोडेका छन । त्रिवि क्रिकेट मैदान कीर्तपुरमा जारी खेलमा ३३ बलमा शतक पूरा गर्दै निकोलले नेपालका कुशलको कीर्तिमान तोडेका हुन् ।

कुशलले चीनमा मंगोलियाविरुद्ध ३४ बलमा शतक पूरा गर्न सफल भएका थिए । निकोलले ११ चौका र ८ छक्काको मद्दमा ३३ बलमा शतक पूरा गर्न सफल भएका हुन । कुशलले ६ चौका र ९ छक्का हानेर शतक पूरा गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us