
काठमाण्डु, १५ फागुन– नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नामिवियाविरुद्ध दोस्रो सफलता हात पारेको छ । कप्तान रोहितकुमार पौडेलले नेपाललाई दोस्रो सफलता दिलाएका छन् ।
उनले ८.२ ओभरमा जेपी कोट्जेलाई विवेक यादवको हातबाट क्याच आउट गराएका हुन । विवेकले बाउन्ड्री लाइन नजिकै ड्राइभ हानेर उत्कृष्ट क्याच गरेका थिए । कोट्जेले आउट हुनुअघि ९ बलमा ११ रन बनाएका थिए ।
नामिबियाको स्कोर ४९ रन बनाएको छ । यसअघि करण केसीले माइकल भान लिंगेनलाई आउट गरेका थिए । आउट हुनुअघि लिंगेनले १९ बलमा २० रन बनाएका थिए ।