नेपालले नेदरल्यान्ड्सलाई दियो १७३ रनको लक्ष्य

काठमाण्डु टुडे २०८० फागुन १३ गते १३:३२ मा प्रकाशित

काठमाण्डु, १३ फागुन– आईसीसी क्रिकेट विश्व कप लिग–२ प्रतियोगिताको आइतबारको खेलमा नेपालले नेदरल्यान्ड्सलाई जितका लागि एक सय ७३ रनको सामान्य लक्ष्य दिएको छ ।

आज (आईतबार) कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९.३ ओभरमा अलआउट हुनुअघि एक सय ७२ रन बनाउन सफल भएको थियो ।

नेपालको सुरुवात राम्रो रहेको थियो । ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरेका थिए । तर नवौं ओभरको तेस्रो बलमा यो साझेदारी टुटेसँगै नेपालले निरन्तर विकेट गुमाएको थियो ।

महत्वपूर्ण ९ विकेट गुमाउँदा नेपालको स्कोर ९४ रन मात्र रहेको थियो । आठौं नम्बरमा आएका आरिफ शेखले टिकेर खेल्ने प्रयास गरे । उनले सातौं विकेटका लागि भुर्तेलसँग २८ रनको साझेदारी गरेका थिए ।

त्यसक्रममा भुर्तेलले अर्धशतक पूरा गरेका थिए । तर ३७ औं ओभरको तेस्रो बलमा भुर्तेल ६६ रनमा आउट हुन पुगे । थप १३ रन जोड्दा गुल्सन झा व्यक्तिगत ५ रनमा आउट भएका थिए ।

करण केसीले आक्रामक पारी खेल्दै आरिफसँग नवौं विकेटका लागि ३६ रनको साझेदारी गरे । तर ४९औं ओभरको दोस्रो बलमा आरिफ (२२ रनमा) आउट भए भने अर्को ओभरको तेस्रो बलमा बास डि लिडले करणको विकेट लिएपछि नेपाल १७२ रनमा अलआउट भयो ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा नेदरल्याण्ड्सका आर्यन दत्त र भिभयन किंग्माले समान ३–३ विकेट लिए भने बास डि लिडले २ तथा रोलेफ भान डर मर्वेले एक विकेट लिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us