नेदरल्याण्ड्सविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाण्डु टुडे २०८० फागुन १३ गते १२:१६ मा प्रकाशित

काठमाण्डु, १३ फागुन– नेदरल्याण्ड्सविरुद्ध नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक बनाएका छन । आईसीसी क्रिकेट विश्वकप लिग टूको पहिलो सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले नेदरल्याण्ड्ससँग खेलिरहेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निकै खराब ब्याटिङ गरेको छ । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले ४२ रनको साझेदारी गरेका थिए ।

थप ५४ रन जोड्दा ६ विकेट गुमाएको छ । तर क्रिजमा टिकेर खेलेका भुर्तेलले ३१औं ओभरको अन्तिम बलमा एक रन लिंदै अर्धशतक पूरा गरेका हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us