चर्च ब्वाइजलाई हराउँदै केपी ओली कपमा आयोजक टिमको सुखद् सुरुवात

काठमाण्डु टुडे २०८० फागुन ११ गते १८:२३ मा प्रकाशित

काठमाण्डु, ११ फागुन– केपी ओली कप फुटबल च्याम्पियनसिपको दोस्रो संस्करणमा आयोजक टिम केपी ओली एफसीले विजयी सुरुवात विजयी भएको छ ।

एमालेको भातृ संगठन युवा संघ नेपालले आयोजना गरेको प्रतियोगिताको उदघाटन खेलमा केपी ओली एफसीले चर्च ब्वाइज युनाइटेडलाई ३–० ले पराजित गरेको हो ।

केपी ओली एफसीका लागि जय गुरुङले २ र फोडे फोफानाले १ गोल गरेका थिए । खेलको ५८ औं मिनेटमा रोहन कार्कीको पासमा फोडे फोफानाले वान बाई वानमा गोल गर्दै केपी ओली एफसीलाई अग्रता दिलाएका हुन् । पहिलो गोलको १० मिनेट पश्चात फोडेकै पासमा जय गुरुङले गोल गरेका हुन् ।

खेलको ७९ औं मिनेटमा चन्दन दासको कर्नरमा पुन जय गुरुङले हेडर मार्फत व्याक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us