बालुवाटारमा लघुवित्त पीडितहरुको प्रदर्शन

काठमाण्डु टुडे २०८० फागुन ९ गते १६:२५ मा प्रकाशित

काठमाण्डु, ९ फागुन– काठमाण्डुको बालुवाटामा लघुवित्त पीडित हरुले प्रदर्शन गरेका छन । लघुवित्त पीडितहरुले आज बुधबार काठमाण्डुको सिफल चौरदेखि बालुवाटारसम्म मार्च गरेका हुन् ।

पूर्वदेखि पश्चिमसम्मका लघुवित्त पीडितहरु मुग्लिनमा जम्मा भएर पैदलयात्रा सुरु गरेका थिए । १ फागुनमा मुग्लिन आइपुगेका उनीहरु त्यहाँबाट ७ दिन हिँडेर काठमाण्डु आएको प्रदर्शमा सहभागी एक पीडित बताउँछन् । करिव ३ हजारको संख्यामा रहेका उनीहरुमा अधिकांश महिला रहेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us