
काठमाण्डु, ९ फागुन– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत तेस्रो खेलमा नेपालले नामिबियालाई १६९ रनको लक्ष्य दिएको छ । ३७.१ ओभरमै सबै विकेट गुमाएर नेपालले १६८ रन बनाउन सफल भएको थियो ।
नेपालका लागि आशिफ शेखले ५८ रन बनाएका थिय । यस्तै कुशल मल्ल ३८, भीम शार्की २६, कुशल भुर्तेल १८, र करण केसीले १२ रन बनाउन सफल भएका थिए ।
नेपालका कप्तान रोहित पौडेल, अनिल साह र देव खनाल शून्य रनमै आउट भए । नामिबियाका बर्नार्ड स्कोल्ज र निकोल लोफ्टि–इटनले ४/४ तथा ज्याक ब्रेसल र जेराल्ड एरास्मसले एकरएक विकेट लिन सफल भएका थिए । नामिबियासँगको पहिलो खेलमा नेपाल ४ विकेटले पराजित भएको थियो ।