
काठमाण्डु, ५ फागुन– त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तरगत त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिलो विकेट गुमाएको गुमाएको छ ।
नेपालले पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई गुमाएको हो । भुर्तेल २८ रन बनाएर भियिन किंग्माको बलमा क्याच आउट भएका हुन । उनले मात्र ११ बलमा २ चौका र ३ छक्का प्रहरा गरेका थियो ।
नेपालले २.५ ओभरमा १ विकेटको क्षतिमा ३६ रन बनाउन सफल भएको छ । यसअघि नेपालले राम्रो बलिङ प्रदर्शन गर्दै नेपालले नेदरल्यान्ड्सलाई १ सय ३७ रनमा सीमित गर्न सफल भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्स ३९ ओभरमा अलआउट भएको थियो ।