
नुवाकोट, १ फागुन– नुवाकोटमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बेलकोटगढी नगरपालिका–५ केउरेनीका २४ वर्षीय प्रदीप राई रहेको प्रहरीले जनाएको छ । कुखुराको खोरमा दानीपानी दिने क्रममा बिजुली सर्ट भएर करेन्ट लाग्दा उनी घाइते भएका थिए ।
राईको धादिङको गल्छीस्थित अम्बे भरोसा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।