इण्डियन आइडल बाट फर्के पछी मेनुका पौडेल भन्छिन: नेपाल र इण्डिया मात्रै होइन, मेरो विश्व खाने योजना छ

काठमाण्डु टुडे २०८० फागुन १ गते १३:३३ मा प्रकाशित

काठमाण्डु, १ फागुन– इण्डियन आइडलकी प्रतिस्पर्धी मेनुका पौडेल यतिबेला काठमाण्डुमा आइपुगेकी छिन् । केही दिनअघि राजधानीमा आइपुगेकी उनलाई अन्तर्वार्ता दिन र समारोहमा भाग लिन भ्याइनभ्याइ छ ।

मेचीपुल हुँदै नेपाल आएकी उनलाई गृहजिल्ला झापामा भव्य स्वागत भएको थियो । इण्डियन आइडलको जारी १४ औं सिजनको अन्तिम १० बाट बाहिरिएकी मेनुकाको प्रसिद्धि यतिबेला चुलिएको छ ।

इण्डियन आइडलले दिलाएको चर्चाले उनको सांगीतिक करिअरलाई पूरै मोडिदिएको छ । काठमाण्डुमा एक टेलिभिजन अन्तर्वार्तामा बोल्दै मेनुकाले आफ्नो विश्व खाने योजना रहेको बताइन् । ‘मेरो विश्व खाने योजना छ, नेपाल र इण्डिया त‘ । म्युजिकबाट मैले विश्व खानैपर्छ,’ उनले भनिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us