गायक आयुष मगरको ‘लैजाने छु तिमीलाई’ बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाण्डु टुडे २०८० माघ २९ गते १६:३० मा प्रकाशित

काठमाण्डु, २९ माघ– गायक आयुष मगरको स्वर र शब्दमा रहेको ‘लैजाने छु तिमीलाई’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। उदय राज पौडेलले साउण्ड डिजाइन गरेको यस गीतको म्युजिक प्रोड्युसर सिद्धान्त राना हुन् ।

म्युजिक भिडियो अमेरिकाको न्युयोर्क सहर वरिपरिको क्षेत्रमा सुटिङ गरिएको हो। म्युजिक भिडियोमा स्वयम् गायक मगर र मनिकला गुरुङ बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ ।

एनवाइसी नेपाली लाइफस्टाइल प्रडक्शनले छायाँकन गरेको यस भिडियोलाई बिजेश पौडेलले सम्पादन गरेका हुन्। भ्यालेन्टाइन डे को अवसर पारेर कोसेलीका रुपमा यो प्रेम गीत सार्वजनिक गरिएको गायक मगरले बताएका छन् ।

भिडियो गायक मगरको युट्युव च्यानल ‘आयुष मगर’ मार्फत सार्वजनिक गरिएको हो। हाल अमेरिकामा बस्दै आएका गायक मगरको यसअघि ‘माया पनि बसेकै थियो’ बोलको म्युजिक भिडियो स्रोता दर्शक माझ लोकप्रिय रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us