आमा बनिसकेकी प्रियंकाले केकिलाई सल्लाह दिदै भनिन: ‘प्रेसरले कहिल्यै पनि बच्चा जन्माउनु हुँदैन’

काठमाण्डु टुडे २०८० माघ २९ गते १६:२५ मा प्रकाशित

काठमाण्डु, २९ माघ– बिहीबार बेलुका ‘दयारानी’ फिल्मको प्रिमियरमा सेलिब्रेटीको उपस्थिति खचाखच रह्यो । अभिनेत्री प्रियंका कार्की सारीमा सजिएर आमासँगै प्रिमियरमा पुगेकी थिइन् । अभिनेत्री केकी अधिकारी कालो टिसर्ट र प्यान्टमा आकर्षक देखिएकी थिइन् ।

प्रियंका र केकी एकसाथ देखिए । यी दुई अभिनेत्री एकसाथ हुँदा मिडियाले पछ्याउनु स्वभाविक हो । यी दुई अभिनेत्री केही प्रश्नले घेरिए । केकीलाई सञ्चारकर्मीले ‘बेबी प्लान’बारे सोधे । ममी हुनुको अनुभव बोकेकी प्रियंकाले भने केकीको ‘बेबी प्लान’को योजनालाई समर्थन गरिन् ।

केकीलाई बच्चाको योजनाबारे सोध्दा प्रियंकाले दबाबमा कहिल्यै पनि बच्चा नपाउन सल्लाह दिइन् । उनले भनिन्, ‘प्रेसरले कहिल्यै पनि बच्चा पाउनु हुँदैन । तपाईं यसका लागि रेडी हुनुपर्छ ।’

केकीलाई तपाईंको सल्लाह के हुन्छ भनेर सोधिएको अर्को प्रश्नमा प्रियंकाले भनिन्, ‘त्यो सल्लाह भनेकै प्रेसर हो । ऊ रेडी भएपछि त बच्चा पाइहाल्छ नि । कहाँ यहाँ आएर इन्टरभ्यु दिएर बस्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us