
काठमाण्डु, २९ माघ– प्रहरीले सुनसरीबाट ठूलो परिणाणमा नक्कली नोट बरामद गरेको छ ।
प्रहरीको सुनसरीबाट १ हजार दरका १ एक करोड ८२ लाख ५१ हजार नक्कली नोट बरामद गरेको हो ।
भारतीय नम्बर प्लेटको बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडीमा राखेर ल्याँउँदै गरिएको नककली नोट इनरुवा नगरपालिका–४ बाट बरामद गरिएको सुनसरी प्रहरीका प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए ।
उनले नक्कली नोटसँगै एक भारतीयलाई समेत पक्राउ गरिएको बताए । गाडी चालक भारतीय नागरिक २२ वर्षीय मोहमद सैयदलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
अर्का एक जना भने फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । एसपी रेग्मीका अनुसार ट्राफिक प्रहरीले गाडी रोकेर चेकजाँच गर्ने क्रममा नक्कली नोट बरामद गरिएको हो ।