गीतकार जिबन बम्जन र रमेश तमाङको शब्दमा ‘ग्यानगोले सगुन ड्यानगोले ताम’ गीत सार्वजनिक

काठमाण्डु टुडे २०८० माघ २१ गते १५:१२ मा प्रकाशित

काठमाण्डु, २१ माघ– गायीका पूजा तमाङको स्वरमा नयाँ गीत ‘ ग्यानगोले सगुन ड्यानगोले ताम’ सार्वजनिक भएको छ । पूजा तमाङ युट्युब च्यानलमार्फत् सन्सारभरि छरिएर बसेको तामाङहरूको नयाँ वर्ष सोनाम ल्होछार मनाउन नयाँ गीत ‘ग्यानगोले सगुन ड्यानगोले ताम ’ बोलको गीत सार्वजनिक गरिएको हो ।

सोनाम ल्होछारको वा तमाङहरूको नयाँ वर्षको अवसरमा सो गीत सार्वजनिक गरिएको हो । तामाङ जातिको महान् पर्व सोनाम ल्होछारले आपसी सद्भाव र मेलमिलापका लागि अगाडि बढाएको गीतकार जिबन बम्जन र रमेश तमाङको भनाइ छ । उक्त गीतमा संगीत र एरेन्ज चन्द्र कुमार दोङले भरेका छन । ‘ ग्यानगोले सगुन ड्यानगोले ताम ’ सोनाम ल्होछार मनाउनको लागि गीतमा आग्रह गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us