एक महिनासम्म फोन छाड्न सक्नुहुन्छ ? १३ लाख ३३ हजार जित्ने अवसर

काठमाण्डु टुडे २०८० माघ १० गते १७:१६ मा प्रकाशित

एजेन्सी- पछिल्लो समय विश्वमा अनौठा अनौठा प्रतिस्पर्धा सुरु हुन थालेका छन । केहि दिन मात्र अमेरिकी दही ब्रान्ड सिग्गी डेरीले त्यस्तै एक अनौठा खाले प्रतिस्पर्धाको घोषणा गरेको छ । उक्त डेरीले एक महिनासम्म मोबाइल फोनसँग सम्बन्ध विच्छेद गरेर बस्नुपर्ने प्रतिस्पर्धाको घोषणा गरेको हो ।

मानिसहरूमा जति बेला पनि मोबाइल र स्क्रिनमा टाँसिएर बसिरहने बानी विकास भइरहेको बेलामा यो प्रतिस्पर्धा सबैलाई जरुरी हुनसक्छ । प्रतिस्पर्धामा सहभागीहरूले एक महिनासम्म मोबाइल फोनसँग सम्बन्ध विच्छेद गरेर बस्नुपर्नेछ उक्त डेरीले जनाएको छ । यसको भाग्यशाली विजेताले १० हजार डलर अर्थात १३ लाख ३३ हजार नेपाली रुपैयाँ पाउँने उक्त डेरीले घोषणा गरेको छ ।

सिग्गीले यो प्रतिस्पर्धाको नाम ‘डिजिटल डिटक्स प्रोग्राम’ राखेको छ । यस प्रतियोगितामा एक महिनाका लागि प्रतियोगीहरूले मोबाइल फोनसँग टाढिएर बस्नुपर्नेछ । यस्तो गर्न सक्ने मध्ये १० भाग्यशाली विजेतालाई छानेर यो पुरस्कार दिइने उसले जनाएको छ । ‘ड्राई जनवरी’ अर्थात् जनवरी महिनाभरि नै रक्सी छुँदै नछुने अभियानबाट प्रेरित भएर कम्पनीले यो प्रतिस्पर्धा गर्न लागेको हो ।

प्रतिस्पर्धामा सहभागिताका लागि छानिएका व्यक्तिहरूले आफ्नो स्मार्टफोनलाई एउटा बाकसमा सुरक्षित रूपमा राखेर एक महिनासम्म एनालग जीवन बिताउनु पर्ने छ । डिजिटल ब्रेकको बदलामा विजेताहरूले १० हजार अमेरिकी डलर, आकस्मिक समयका लागि भने प्रिपेड सिम कार्ड, एउटा दोबार्न मिल्ने फोन दिइनेछ ।

विजेताहरूले यी पुरस्कारको साथमा तीन महिनासम्म निःशुल्क रूपमा सिग्गी दही पनि पाउने भइका छन । यो वर्ष आफूहरूले नयाँ खालको ‘ड्राई जनवरी’ प्रस्तुत गर्न थालेको कम्पनीले प्रतियोगिताको घोषणा गर्ने क्रममा आफ्नो वेबसाइटमा भनेको छ । यसमा एक महिनासम्म जाँड रक्सीबाट टाढा रहनुको सट्टा स्मार्टफोनलाई नछुने चुनौती दिइनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us